चन्द्रागिरिमा भ्यान दुर्घटना, दुई जनाको मृत्यु

चन्द्रागिरिमा भ्यान दुर्घटना, दुई जनाको मृत्यु
तस्बिर- राेशन दानी

काठमाडौं : चन्द्रागिरि–४ को पानीघाटमाथि ओमनी भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

शुक्रबार चन्द्रागिरि ४ स्थित गणेशमान सिंह मार्ग सडकखण्डमा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो।

उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरी वृत्त थानकोट डीएसपी नारायण प्रसाद अधिकारीले जानकारी दिए।

डिएसपी अधिकारीका अनुसार बा १० च ३५४६ नम्बरको गाडी दुर्घटना हुँदा सिन्धुली घर भएका २० वर्षीय चालक नवराज थोकर तामाङ र काभ्रे सल्ले भुल्भुका ४५ वर्षीय अनिल तामाङको मृत्यु भएको हो।

दुर्घटनाको कारण खुलेको छैन। गाडी सडकबाट पाँच सय मिटर तल सडकमा खसेको छ।

साउन १२, २०८० शुक्रबार १६:४३:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।