राष्ट्रपतिले प्रमाणीकरण गरे मिटरब्याज सम्बन्धी विधेयक

राष्ट्रपतिले प्रमाणीकरण गरे मिटरब्याज सम्बन्धी विधेयक

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले मिटरब्याजसम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ प्रमाणीकरण गरेका छन्।

शुक्रबार राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिइन्।

राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयकले कानूनको रूप लिएको छ। अब राजपत्रमा छापिएपछि मात्र यो कानून लागू हुनेछ।

साउन १२, २०८० शुक्रबार १५:०३:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।