विवादास्पद अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डेविरुद्ध प्रहरीमा जाहेरी

विवादास्पद अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डेविरुद्ध प्रहरीमा जाहेरी
तस्बिर- प्राइम टाइम्स टिभी

काठमाडौं : विवादास्पद अभिव्यक्ति दिएर चर्चामा आएकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ विरुद्ध प्रहरीमा जाहेरी परेको छ।

मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच हुने विवाह विज्ञानका हिसाबले गलत भएको भन्दै अन्तर्वार्ता दिएपछि उनीविरुद्ध त्यस समुदायका संघसंस्थाले जाहेरी दिएका हुन्।

चार दिनअघि तामाङ, मगर समुदायका समूहले उजुरी दिएको काठमाडौं प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक डीएसपी अनिल अधिकारीले उकेरालाई जानकारी दिए।

सोही उजुरीका आधारमा अधिवक्ता पाण्डेविरुद्ध पक्राउ पुर्जीको अनुमति माग्न अदालत गएको उनले बताए।

‘उहाँ (भगवती पाण्डे)विरुद्ध चार दिनअघि दुईवटा उजुरी परेको छ,’ उनले भने, ‘आज पक्राउ पुर्जी जारी गर्नका लागि अदालतसँग अनुमति मागिँदै छ।’

साउन १२, २०८० शुक्रबार १४:५६:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।