सर्वोच्चको आदेशपछि कोशीको मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान
काठमाडौं : कोशी प्रदेशको मुख्यमन्त्रीका लागि ४ दिनभित्र दाबी पेश गर्न आह्वान भएको छ।
प्रदेश प्रमुख परशुराम खापुङ्गले १६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको सर्मथमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन्।
सर्वोच्च अदालतले बिहीबार मात्र मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गर्नुका साथै संविधानको धारा १६८ (२) अनुसार १७ गतेभित्र मुख्यमन्त्री नियुक्त गरिसक्न परमादेश दिएको थियो।
साउन १२, २०८० शुक्रबार १४:३१:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।