आईफोन किन्न भारतमा आफ्नै ८ महिने बच्चा बेचे आमाबाबुले, इन्स्टाग्राममा रिल बनाउने धोको

आईफोन किन्न भारतमा आफ्नै ८ महिने बच्चा बेचे आमाबाबुले, इन्स्टाग्राममा रिल बनाउने धोको

एजेन्सी : भारतको पश्चिम बंगालका एक जोडीले इन्स्टाग्रामले भिडियो रिल बनाउनका लागि आईफोन किन्न भनेर आफ्नो ८ महिनाको बच्चा नै बेचेका छन्। 

यस घटनामा प्रहरीले साथी नाम गरेकी बच्चाकी आमा र बच्चा किन्ने एक महिलालाई पक्राउ गरेको छ। बच्चाका बाबु, जयदेव घोस भने फरार रहेको बताइएको छ।

उनीहरुका छिमेकीले घरमा बच्चा नभएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। यसपछि मात्र यो घटनाको पर्दाफास भएको थियो। उनीहरुले आईफोन १४ किन्नका लागि बच्चा बेचेको खुलेको छ।

प्रहरीको सोधपुछका क्रममा बच्चाको आमाले यो अपराध गरेको स्विकार गरेकी छन्। उनले इन्स्टाग्रामको भिडियो रिलको कन्टेन्टका लागि विभिन्न ठाउँमा घुम्न जान पनि पैसा नभएकाले बच्चा बेचेको बताइन्। 

८ महिनाको बच्चा बेचेपछि बाबु जयदेव घोसले आफ्नो ७ वर्षिया छोरीलाई पनि बेच्ने प्रयास गरेको खुलेको छ।

साउन १२, २०८० शुक्रबार १४:०५:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।