घरमा काम गर्ने किशोरी बलात्कार आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पक्राउ

घरमा काम गर्ने किशोरी बलात्कार आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पक्राउ

काठमाडौं : मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेल बलात्कारको आरोपमा पक्राउ परेका छन्। 

जबरजस्ती करणीको आरोप लागेका उनलाई त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। उनलाई आफ्नै घरमा काम गर्ने एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ।

बलात्कारको आरोप लागेपछि उनी आफ्नो कार्यालयबाटै सम्पर्कविहीन भएका थिए भने उपचारका लागि भन्दै अस्पतालमा बसेका थिए।

साउन १२, २०८० शुक्रबार १२:४४:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।