खेल्दै जाँदा दुई बालक सेतीमा डुबे, एकको उद्धार, अर्का बेपत्ता

खेल्दै जाँदा दुई बालक सेतीमा डुबे, एकको उद्धार, अर्का बेपत्ता

दिपायल : डोटीमा सेती नदीमा डुबेर एक बालक बेपत्ता भएका छन्। दिपायल सिलगढी नगरपालिका–३ तेलपारे बगरका पाँच वर्षीय सुशान्त साउद सेतीमा डुबेर बेपत्ता भएका हुन्। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मी जोशीका अनुसार बिहीबार खेल्ने क्रममा उनी नदीमा डुबेका हुन्। उनीसँगै डुबेका चार वर्षीय मिलन साउदको स्थानीयले उद्धार गरेका थिए। उद्धार गरिएका उनको डडेलधुरामा उपचार भइरहेको छ।

बेपत्ता सुशान्तको खोजीका  लागि आफन्त, नेपाल प्रहरी र सशस्त्र प्रहरी जुटेका छन्। दुवैजना खेल्दा खेल्दै सेती नदीमा पुगेको प्रहरीले जनाएको छ।

साउन १२, २०८० शुक्रबार १२:०३:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।