पाकिस्तानमा छात्राहरूको हजारौँ नग्न भिडियो फेला, प्राध्यापक र कर्मचारीले जबर्जस्ती खिचेका थिए

पाकिस्तानमा छात्राहरूको हजारौँ नग्न भिडियो फेला, प्राध्यापक र कर्मचारीले जबर्जस्ती खिचेका थिए

पाकिस्तानको पञ्जाब प्रान्तको बहावलपुरस्थित इस्लामिया विश्वविद्यालयका सुरक्षा अधिकारीको मोबाइल फोनबाट छात्राको पोर्न भिडियो क्लिप फेला परेको छ।

मिडिया रिपोर्टमा यी भिडियोको संख्या करिब ५५०० रहेको बताइएको छ। आरोपीले राम्रो अंक ल्याउने प्रलोभनमा छात्राको नग्न भिडियो बनाइदिने गरेको रहस्य खुलेको हो।

यस विश्वविद्यालयका विद्यार्थी लागूऔषध दुर्व्यसनीमा पनि परेका खुलेको छ। विश्वविद्यालयका एक प्राध्यापकले उनीहरूलाई लागुऔषध बेच्ने गरेको प्रहरीले पत्ता लगाएको छ। 

प्रहरीले विश्वविद्यालयका निर्देशक डा अबुजार, सुरक्षा अधिकृत सैयद एजाज शाह र अल्ताफ नामका व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीले एजाजका २ वटा फोनबाट यी पोर्न क्लिपहरु फेला पारेको छ। 

प्रहरीले जुलाई २२ मा विश्वविद्यालयमा छापा मारेको थियो। विश्वविद्यालय प्रशासनले यो संस्था र विद्यार्थीविरुद्धको षड्यन्त्र भएको बताएको छ। यसैबीच प्रहरीले विश्वविद्यालय आफूहरूको निशाना नभएको र लागुऔषध तस्करलाई पक्रन चाहेको बताएको छ। 

नग्न भिडियो प्रकरणमा सुरक्षा अधिकारीसँगै विश्वविद्यालयका अन्य प्राध्यापक र कर्मचारी पनि संलग्न देखिएका छन्। जसले विद्यार्थीलाई ब्ल्याकमेल गरी उक्त भिडियो एजाजलाई पठाउन भनेका थिए।

युनिभर्सिटीमा विद्यार्थी र महिला कर्मचारीलाई पनि डान्स र सेक्स पार्टीका लागि जबरजस्ती गरिएको प्रहरीले जनाएको छ। दक्षिण पञ्जाबको शिक्षा विभागले पनि यस विषयमा छानबिन गर्नेछ। यसको अनुसन्धान प्रतिवेदन तीन दिनभित्र बुझाइने जनाइएको छ। 

अभियुक्त एजाज सेवानिवृत्त सैनिक अधिकृतसमेत रहेका प्रहरीले जनाएको छ। उनलाई विश्वविद्यालयका पूर्वकुलपतिले नियुक्त गरेका थिए। 

साउन १२, २०८० शुक्रबार १०:१२:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।