पाँच मिनेटभित्र दुई गोल गर्दै हारबाट जोगियो अर्जेन्टिना

पाँच मिनेटभित्र दुई गोल गर्दै हारबाट जोगियो अर्जेन्टिना

फिफा महिला विश्वकपमा अर्जेन्टिनाले लगातार निराशाजनक प्रदर्शन जारी राखेको छ। 

समूह चरणको पहिलो खेलमा इटालीसँग १-० गोलअन्तरले हारेको अर्जेन्टिना दोस्रो खेलमा पनि जितविहीन भएको छ। आज बिहान सकिएको खेलमा अर्जेन्टिना दक्षिण अफ्रिकासँग २-२ को बराबरीमा रोकिएको हो। 

तर अर्जेन्टिनाले पाँच मिनेटभित्र २ गोल गर्न सफल भयो। खेलको ३० औं मिनेटमा दक्षिण अफ्रिकाकी लिन्डा मोथालोले गोल गर्दै अग्रता दिलाएकी थिइन्। पहिलो हाफमा १-० ले पछि परेको अर्जेन्टिनी महिला टिमले दोस्रो हाफमा पुनः एक गोल खायो। ६६ औं मिनेटमा थेम्बी गात्लानाले गोल गर्दै दक्षिण अफ्रिकालाई जिततर्फ डोहोर्याएकी थिइन्। 

तर सोफिया ब्राउन र रोमिना नुनेजले क्रमशः ७४ र ७९ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनाको हार टारे। 

बराबरीपछि अर्जेन्टिनाले र दक्षिण अफ्रिका दुवैले समूह चरणमा १/१ अंक बनाएका छन्। यी दुई टिम रहेको समूह 'जी' मा इटली र स्विडेन पनि छन्। 

दक्षिण अफ्रिकाले यसअघि समूह चरणमा स्वीडेनसँग २-१ गोलअन्तरले पराजय भोगेको थियो। 

फिफा महिला विश्वकप २०२३ का खेलहरू अष्ट्रेलिया र न्युजिल्याण्डमामा भइरहेका छन्। 

साउन १२, २०८० शुक्रबार ०९:२०:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।