गृहमन्त्रीको राजीनामा माग्दै एमाले नेता महेश बस्नेतले राखेका प्रश्न र जिज्ञासा

गृहमन्त्रीको राजीनामा माग्दै एमाले नेता महेश बस्नेतले राखेका प्रश्न र जिज्ञासा

काठमाडौँ : नेकपा एमाले नेता महेश बस्नेतले सुन तस्करी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै केही जिज्ञासासहित प्रश्नहरू तेर्स्याएका छन्। 

शुक्रबार बिहान फेसबुकमा नेता बस्नेतले १९ वटा बुँदामा भ्रष्टाचार र सुन तस्करीबारे लामो स्टाटस लेखेका छन्। जहाँ उनले हालै समातिएको करिब एक क्विन्टल सुन पक्राउ पर्नुमा गृह र अर्थको भूमिका नभई राजश्व अनुसन्धान विभागको भएको लेखेका छन्। 

उनले लेखेका छन्, 'यो सब असक्षम गृह र अर्थ मन्त्रीको सेटिङ्गमा भएको अनुमान गरिएकाले नेकपा एमाले र केही काग्रेसका सांसदहरूले उनीहरूको राजीनामा माग गरिएको हो।'

भुटानी शरणार्थी प्रकरणमा सन्देश शर्माहरूको अडियोमा नाम आएको आरजुले लिएको भनिएको २ करोड र मञ्जु खाँणले लिएको भनेको ६ करोडबारे किन अनुसन्धान गरिएन ? बस्नेतले प्रश्न गरेका छन्।  

 

साउन १२, २०८० शुक्रबार ०८:५३:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।