एकदिवसीय सिरिज पहिलो खेल भारतले जित्यो, वेस्ट इन्डिजको लज्जास्पद हार

एकदिवसीय सिरिज पहिलो खेल भारतले जित्यो, वेस्ट इन्डिजको लज्जास्पद हार

वेस्ट इन्डिजविरुद्ध एकदिवसीय सिरिजको पहिलो खेल भारतले पाँच विकेटले जितेको छ।

बार्बाडोसको केनिङ्टन ओभल मैदानमा भारतले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो। 

पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजको टोली २३ ओभरमा ११४ रन बनाएर अलआउट भएको थियो। भारतले मात्र २२.५ ओभरमा ५ विकेट गुमाएर ११५ रनको लक्ष्य पूरा गर्यो। 

वेस्ट इन्डिजमाथि भारतको यो लगातार नवौं जित हो। वेस्ट इन्डिजले सन् २०१९ मा चेन्नईको मैदानमा भारतमाथि अन्तिम जित हात पारेको थियो। त्यसबेला क्यारेबियन टोलीले भारतलाई ८ विकेटले हराएको थियो। 

यो जितसँगै भारतले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ। सिरिजको दोस्रो खेल २९ जुलाईमा ब्रिजटाउनमा हुनेछ। 

वेस्ट इन्डिजले घरेलु मैदानमा भारतविरुद्ध सबैभन्दा सानो स्कोर बनायो। यसअघि सन् १९९७ मा पोर्ट अफ स्पेनमा भारतविरुद्ध वेस्ट इन्डिज मात्र १२१ रनमा अलआउट भएको थियो। 

समग्र कीर्तिमानको कुरा गर्ने हो भने यो भारतविरुद्ध वेस्ट इन्डिजको दोस्रो सबैभन्दा कम स्कोर हो। यसअघि २०१८ मा तिरुवनन्तपुरममा टिम १०४ रनमा अलआउट भएको थियो। 

भारतका लागि कप्तान रोहित शर्माको स्थानमा ओपनिङमा आएका इशान किशन र कुलदीप यादवले खेल जिताउन महत्वपूर्ण भूमिका खेले। 

इशान किशनले (५२ रन) ले आफ्नो करियरको चौथो एकदिवसीय अर्धशतक बनाए भने कुलदीप यादवले ४ विकेट लिए। रवीन्द्र जडेजाले पनि ३ विकेट लिए।

 

साउन १२, २०८० शुक्रबार ०७:३०:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।