आजको मौसमः पहाडी क्षेत्रमा भारी वर्षा हुने, पूर्वी नेपालका साना खोलामा आकस्मिक बाढी आउने

आजको मौसमः पहाडी क्षेत्रमा भारी वर्षा हुने, पूर्वी नेपालका साना खोलामा आकस्मिक बाढी आउने

काठमाडौँ : आज देशका कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित पहाडी भू-भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षासमेत हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही  कोशी र  बागमती प्रदेशका थोरै स्थानहरूका साथै  गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

झापाको दमक, उर्लावारी, शनिश्चरे, चन्द्रागडि आसपास पछिल्लो ३ घण्टामा भारी वर्षा भएको, विरिङ, रतुवालगायत साना खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले उच्च सतर्कता अपनाउन पनि भनिएको छ। 

साउन १२, २०८० शुक्रबार ०६:५४:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।