कुवेतमा पाँच जनालाई मृत्युदण्ड

कुवेतमा पाँच जनालाई मृत्युदण्ड

एजेन्सी : कुवेतले बिहीबार पाँच जनालाई मृत्युदण्ड दिएको छ।

प्राण हरणको दण्ड पाउनेमा सन् २०१५ मा आत्मघाती बम विष्फोटमा संलग्न भएको आरोपमा दोषी ठहरिएका इस्लामिक स्टेट समूहका एक सदस्यसमेत रहेका कुवेती सार्वजनिक अभियोजनको कार्यालयले जनाएको छ।

उक्त आक्रमणमा २६ जनाले ज्यान गुमाएका थिए। कार्यालयले एक विज्ञप्ति निकालेर  देशको केन्द्रीय कारागारमा मृत्युदण्डको कार्यान्वयन गरिएको र त्यसको अनुगमन गरिएको बताएको छ।

मृत्युदण्ड पाएका अधिकांश हत्यामा दोषी ठहरिएका पनि उक्त कार्यालयले स्पष्ट गरेको छ। लागू औषध तस्करीमा एक जना श्रीलङ्काली नागरिकलाई पनि मृत्युदण्ड दिइएको छ।

उनीहरू सबैलाई झुन्ड्याएर मृत्युदण्ड दिइएको हो।

साउन ११, २०८० बिहीबार १८:४३:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।