विमानस्थलमा फेरि भेटियो अवैध सुन, भारतीय नागरिक पक्राउ

विमानस्थलमा फेरि भेटियो अवैध सुन, भारतीय नागरिक पक्राउ

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले अवैध सुनसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ।

अवैध रुपमा भन्सार छलि लैजान लागेको ५८ ग्राम सुनसहित प्रहरीले भारतीय नागरिक ३० वर्षीय इमरान सिराजलाई बिहीबार दिउँसो पक्रेको हो।

हिमालय एयरलाइन्सको उडानद्वारा दोहा कतारबाट काठमाडौं आएका सिराजलाई आगमन टनेल गेटमा प्रहरीले जाँच गर्ने क्रममा उक्त सुनसहित पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ।

असार ३ गते भेटिएको एक क्विन्टल सुनको अनुसन्धान जारी रहँदा विमानस्थलमा पुन: अवैध सुनसहित फेला परेको हो।

साउन ११, २०८० बिहीबार १८:१९:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।