तोसिमाको सचिवालयमा सचिव पदका लागि दरखास्त आह्वान

तोसिमाको सचिवालयमा सचिव पदका लागि दरखास्त आह्वान

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् तोसिमा कार्कीले आफ्नो सचिवालयको सचिव पदका लागि दरखास्त आह्वान गरेकी छन्।

योग्यता र छनोट प्रक्रियाको विस्तृत विवरण खुलाएर उनले पाँच दिनभित्र आफ्नो व्यक्तिगत विवरणसहितको आवेदन दिन आह्वान गरेकी हुन्।

आवेदन दिनका लागि कानून वा राजनीतिशास्त्र वा समाजशास्त्र वा अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा स्नातक गरेको, समसामयिक राजनीतिक विषयमा जानकार भएको, सूचना प्रविधि सम्बन्धी आधारभूत ज्ञान, सीप र दक्षता भएको हुनुपर्नेछ।

साथै कानूनी अध्ययन र अनुसन्धानमा रुचि भएको, नेपाल र अंग्रेजी भाषामा राम्रो दख्खल भएको, विषम परिस्थितिमा समेत काम गर्न अभिप्रेरित, इमानारिता, सदाचारिता र नैतिकता भएको र नेपाली टाइप एवं सामान्य डिजाइन गर्नसक्ने योग्यता भएको भनिएको छ।

प्राप्त आवेदनबाट लिखित, मौखिक र प्रयोगात्मक परीक्षामा सामेद भएका उम्मेदवारलाई उत्ककृष्टताको आधारमा छनोट गरिने विज्ञापनमा उल्लेख छ।

कम्प्युटर टेस्ट परीक्षामा विज्ञप्ति, प्रेस नोट र समसामयिक घटना नेपाली भाषामा देखिएको हुनुपर्ने भनेको सूचनामा प्रतिस्पर्धामा समावेश उम्मेदवारमध्ये उत्कृष्ठताको आधारमा एक जनालाई छनोट गरिने उल्लेख छ।

साउन ११, २०८० बिहीबार १४:४०:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।