माइतीको पहिचान नखुलेकाले हालसम्म नबनेको मीनाको नागरिकता ७१ वर्षको भएपछि कसरी बन्यो?

माइतीको पहिचान नखुलेकाले हालसम्म नबनेको मीनाको नागरिकता ७१ वर्षको भएपछि कसरी बन्यो?

काठमाडौं : चितवनको इच्छाकामना गाउँपालिका–३ निवासी मीनाकुमारी राईले ७१ वर्षमा नागरिकता पाएकी छन्।

माइतीको पहिचान खुलाउन नसकेपछि लामो समयसम्म राईले नागरिकता पाउन नसकेको अवस्थामा स्थानीय जनप्रतिनिधिको पहलमा उनले नागरिकता पाएकी हुन्।

‘माइती खुलाउन नसकेर लामो समयदेखि नागरिकता बनाउन नसकेपछि वडा कार्यालयले माइती पहिचान नभएको भनी मुचुल्का र सिफारिस गरिदिएको र सोही आधारमा जिल्ला प्रशासनले नागरिकता बनाइदिएको हो,’ वडाध्यक्ष नरबहादुर नेपालले भने।

‘कसैलाई नागरिकविहीन हुने अवस्था सिर्जना गर्नुहुन्न भन्ने आधारमा सकेको पहल गरी नागरिकता बन्ने वातावरण मिलाइदिएका हौं।’ उनले थपे।

वयोवृद्ध अवस्थामा नागरिकता बनेसँगै मीनाकुमारीले खुसी हुँदै भनिन्, ‘नागरिकता बनेपछि अब मैले पनि भत्ता पाउँछु।’

साउन ११, २०८० बिहीबार १४:४६:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।