क्यानोनिङ गर्दा लडेर पोखरमा २२ वर्षीया युवतीको ज्यान गयो

क्यानोनिङ गर्दा लडेर पोखरमा २२ वर्षीया युवतीको ज्यान गयो
फाइल फोटो

गण्डकी : छाँगावरोहण (क्यानोनिङ) गर्ने क्रममा लडेर पोखरा महानगरपालिका–२६ बूढीबजारकी २२ वर्षीया अञ्जिता भण्डारीको निधन भएको छ। 

बुधबार अपरान्ह माछापुच्छ्रे गाउँपालिका–९ घलेलस्थित झरनामा ‘क्यानोनिङ’ गर्ने क्रममा लडेर उनी घाइते भएकी थिइन्।

भण्डारीको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

साउन ११, २०८० बिहीबार १३:४९:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।