छलफलकै क्रममा विवाद झिकेपछि महोत्तरीमा एक मिटरब्याजी पक्राउ

छलफलकै क्रममा विवाद झिकेपछि महोत्तरीमा एक मिटरब्याजी पक्राउ

बर्दिबास : महोत्तरीमा एक जना मिटब्याजीलाई प्रहरीले पक्राउ गरेको छ। 

भंगाह नगरपालिका-६ हतिसर्वाका इन्द्रजित साह पक्राउ परेका हुन्। 

जिल्ला प्रशासन कार्यालय महोत्तरीमा भएको छलफलमा विवाद गर्न खोजेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।अनुचित लेनदेनको उजुरी परेपछि कार्यालयमा छलफल गराइएको थियो। उक्त क्रममा साहले विवाद गरेका थिए।  

जिल्ला प्रशासन कार्यालयमा उनी र उनका बुबा रघुवीरविरुद्ध करिब २० वटा अनुचित लेनदेन उजुरी परेको छ।

साउन ११, २०८० बिहीबार १३:४३:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।