राष्ट्रिय सभाबाट पुनः पारित भयो मिटरब्याज सम्बन्धी विधेयक

राष्ट्रिय सभाबाट पुनः पारित भयो मिटरब्याज सम्बन्धी विधेयक

काठमाडौं : राष्ट्रिय सभाको बिहीबारको दोस्रो बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’, २०८० पारित गरेको छ।

मिटरब्याज पीडितको समस्यालाई सम्बोधन गरी पीडकलाई कारबाही गर्ने प्रयोजनका लागि यो विधेयक ल्याइएको हो।  

अनुचित लेनदेन (मिटरब्याज) र घरसारमा हुने लेनदेन सम्बन्धी उक्त विधेयक प्रतिनिधिसभाबाट पारित भई संशोधन र सन्देशसहित प्राप्त भएकामा आज राष्ट्रियसभाले संशोधन स्वीकार गरी पुनः पारित गरेको हो ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सो विधेयकमाथि पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

बैठकमा सो विधेयकमाथि छलफलमा भाग लिन कुनै पनि सदस्यले नाम नटिपाएपछि निर्णयार्थ प्रस्तुत गरिएको थियो। अब सो विधेयक प्रमाणीकरणको प्रक्रियामा जानेछ।

साउन ११, २०८० बिहीबार १३:३९:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।