कम्बोडियाको निर्वाचन अनुगमनमा गएको भनेर ढाँटे ओलीले, विवादित क्रिस्चियन संस्थाको कार्यक्रममा सहभागी

कम्बोडियाको निर्वाचन अनुगमनमा गएको भनेर ढाँटे ओलीले, विवादित क्रिस्चियन संस्थाको कार्यक्रममा सहभागी

काठमाडौं : निर्वाचन अनुगमन भन्दै कम्बोडिया गएका एमाले अध्यक्ष केपी शर्मा ओली विवादित कोरियाली क्रिस्चियन संस्थाको कार्यक्रममा सहभागी हुन गएको खुलेको छ।

साउन ६ गते ओली कम्बोडिया गएका थिए। निर्वाचन अनुगमन भनिए पनि उनी कोरियाली क्रिस्चियन धर्म प्रचारक संस्था युनिभर्सल पिस फेडेरेसनको कार्यक्रममा सहभागी हुन गएको खुलेको हो।

ओली नेपालबाटै एकनाथ ढकालसँग कम्बोडिया गएका थिए। ढकाल विवादित संस्थाका पदाधिकारी हुन्। यस अगाडि उनी माधव नेपालसँग निकट थिए। पछिल्लो समय नेपाल परिवार दल एमालेमा मिसाएर उनी ओली निकट भएका छन्। 

सो संस्था कोरियामा समेत बदनाम छ। ओली प्रधानमन्त्री हुँदा नै ढकालले जनप्रतिनिधि सहितको उपस्थितिमा कार्यक्रम गरेर सपथ खुवाएका थिए। त्यो बेलामा टोस्टमा वाइन खुवाइएको थियो। जुन पछि होली वाइनका रूपमा परिचित भयो। 

त्यसबेला विवादित धार्मिक संस्थाको कार्यक्रममा सरकारकै उपस्थिति भएपछि तीब्र आलोचना भएको थियो। ओली पुनः सोही संस्थाले कम्बोडियामा आयोजना गरेको कार्यक्रममा सहभागी भएका हुन्। 

सम्मेलनमा उनले श्रीमतीलाई पनि साथै लागेका थिए भने एकनाथ पनि सँगै थिए।

साउन ११, २०८० बिहीबार १३:१४:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।