आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं : आज (बिहीबार) देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति भने पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको छ।

साउन ११, २०८० बिहीबार ११:३८:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।