सुरुङमार्ग नजिकै पहिरो जाँदा बुटवल-पाल्पा सडक अवरुद्ध, यात्रुहरूको बिचल्ली

सुरुङमार्ग नजिकै पहिरो जाँदा बुटवल-पाल्पा सडक अवरुद्ध, यात्रुहरूको बिचल्ली

बुटवल : सिद्धबाबा सुरुङ मार्ग नजिकै पहिरो जाँदा बुटवल-पाल्पा सडक अवरुद्ध बनेको छ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार पाल्पाको तिनाउ-३ स्थित निर्माणधिन सुरुङमार्गको रिपनजिकै पहिरोले सडक पुरिएको छ।

बिहान करिब पौने ८ बजेदेखि सडक अवरुद्ध भएको र अहिले  पहिरोलाई हटाएर सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले बताएको छ।

सडक अवरुद्ध हुँदा बुटवलबाट पाल्पा, गुल्मी, स्याङजा जाने यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्।

साउन ११, २०८० बिहीबार ०९:०६:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।