रेडी ट्रेडको गोदाममा छापा मार्दा केही कार्टुन ‘ब्रेक शु’ बरामद, एक जना पक्राउ

रेडी ट्रेडको गोदाममा छापा मार्दा केही कार्टुन ‘ब्रेक शु’ बरामद, एक जना पक्राउ

काठमाडौं : राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौंको सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदाममा छापा मारेको छ।

गोदाममा छापा मारेर विभागले केही कार्टुन ‘ब्रेक शु’ बरामद गरेको विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिए।

साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट बरामद गरिएको झण्डै १०० किलो सुन त्यही रेडी ट्रेड प्रालिको नाममा आएको थियो।

त्यसैले सुन लुकाएको आशङ्कामा विभागले बुधबार छापा मारेको हो। त्यहाँबाट विगतमा बरामद गरिएको जस्तै कार्टुनमा सामान बरामद गरिएको छ।

यसैबीच विभागले सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा नुवाकोटका दिनेश तामाङलाई पक्राउ गरेको छ। उनीमाथि तस्करहरूलाई गोदाम खोजिदिएको आरोप छ।

उनीसहित अहिलेसम्म विभागले १७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। अनुसन्धान र थप आरोपीको खोजतलास जारी रहेको विभागले जनाएको छ।

साउन १०, २०८० बुधबार २२:२४:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।