केन्द्रीय समिति बैठकमा देउवाले भने- ‘कम आलोचना भयो, यसका लागि धन्यवाद’

केन्द्रीय समिति बैठकमा देउवाले भने- ‘कम आलोचना भयो, यसका लागि धन्यवाद’

काठमाडौं : साउन २ गतेदेखि सञ्चालन भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार सकियो।

बैठक समापन गर्दै पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बैठकमा आफ्नो बारेमा सोचेभन्दा कम आलोचना भएको बताए।

सभापति देउवाले भने, ‘धेरै आलोचना होला भन्ने लागेका थियो, तर कम आलोचना भयो, यसका लागि धन्यवाद।’

उनले केन्द्रीय समितिको बैठकबारे लाइभ गरेका कारण पार्टीभित्रका नेताहरूको क्षमता सबैले बुझ्ने अवसर पाएको टिप्पणी गरे।

सभापति देउवाले पार्टीको केन्द्रीय समितिको अर्को बैठक असोज २ गते बस्ने पनि जानकारी दिए।

बैठकको अन्तिममा पार्टीलाई विभिन्न समयमा योगदान गर्नुहुने नेता तथा कार्यकर्ताका आफन्तको मृत्युमा शोक प्रस्ताव पारित गरिएको थियो।

साउन १०, २०८० बुधबार २१:५१:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।