सानिमा बैंकको ‘बैंक ग्यारेन्टी’ अब अनलाइनबाटै

सानिमा बैंकको ‘बैंक ग्यारेन्टी’ अब अनलाइनबाटै

काठमाडौं : सानिमा बैंकले अनलाइन बैंक ग्यारेन्टी (जमानत) सेवाको सुरुवात गरेको छ।

यो सुविधा अन्तर्गत ग्राहकले बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध अनलाइन पोर्टलमार्फत बैंक ग्यारेन्टीको आवेदन दिन सक्नेछन्।

आवेदनपछि बैंक ग्यारेन्टी प्रक्रिया पूरा भएको सूचना आवेदकले इमेल मार्फत प्राप्त गर्नेछन्। उक्त सूचनापछि सम्बन्धितले सक्कल आवेदनसहित बैंकको काउन्टरबाट बैंक ग्यारेन्टी (जमानत) सङ्कलन गर्नसक्ने बैंकले जनाएको छ।

आवेदनमा कुनै समस्या भए कारणसहित इमेलमार्फत समयमै सूचना पठाइने जानकारी दिँदै बैंकले यसबाट  ग्राहकलाई छिटो, छरिटो र झन्झटरहित सेवा प्रवाह गर्न मद्दत पुग्ने बैंकको विश्वास छ।

सानिमा बैंककोे सातै प्रदेशमा १३२ वटा कार्यालय र १२३ वटा एटिएम सञ्चालनमा छन्।

साउन १०, २०८० बुधबार २०:०९:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।