गाडी किन्न ऋण दिनका लागि भीजी इम्पेक्स र एभरेष्ट बैंकबीच सम्झौता

गाडी किन्न ऋण दिनका लागि भीजी इम्पेक्स र एभरेष्ट बैंकबीच सम्झौता

काठमाडौं : नेपालमा जि.डब्लु.एम सवारीसाधनहरूको आधिकारिक आयातकर्ता र वितरक भीजी इम्पेक्स र एभरेष्ट बैंक लिमिटेडसँग सम्झौता गरेको छ।

आईसीई सवारीसाधनहरू हाभल जोलायन, हाभल एच६, पावर र विङ्गल र इलेक्ट्रिक गाडी ओरा ०३ लगायतका विभिन्न प्रकारका सवारी साधनहरूको वित्तीय (फाइनान्सिङ) सुविधाका लागि सम्झौता गरेको हो।

सम्झौतामा इम्पेक्सका उपाध्यक्ष रुपेश शर्मा भट्ट र र एभरेष्ट बैंक लिमिटेडका उप–महाप्रबन्धक गौरव कुमारल हस्ताक्षर गरे।

जि.डब्लु.एमका कुनै पनि सवारीसाधन खरीद गर्न चाहने ग्राहकहरूलाई सहज रिटेल फाइनान्सिङ अनुभव प्रदान गर्नेे उद्देश्यका साथ सहकार्य गरिएको कम्पनीले जनाएको छ।

यसले ग्राहकहरूलाई प्रतिस्पर्धी ब्याज दरहरू, डाउन पेमेन्ट र कर्जा अवधिसहित विभिन्न प्याकेजहरू उपलब्ध गराउनेछ।

एभरेष्ट बैंकले अधिकतम ७ वर्षको अवधिको लागि उत्कृष्ट ब्याजदरसहितको अधिकतम ८० प्रतिशत ऋण उपलब्ध गराउनेछ । ३ वर्ष सम्मको कर्जा अवधिको लागि१०.८० प्रतिशत ब्याजदर हुनेछ।

इलेक्ट्रिक गाडीको लागि ११.३० प्रतिशत र आईसी मोडेलको गाडीको लागि ११.८० प्रतिशत ब्याजदर हुने कम्पनीले जनाएको छ।

ग्राहकले अटो कर्जाको लागि आवश्यक कागजातहरू सहित नजिकैको एभरेष्ट बैंक शाखामा गएर आवेदन दिन सक्नेछन्।

साउन १०, २०८० बुधबार १९:५०:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।