सामाजिक सञ्जालमा नेतृत्वविरुद्ध लेख्ने कार्यकर्तामाथि कारबाही गर्ने कांग्रेसको निर्णय

सामाजिक सञ्जालमा नेतृत्वविरुद्ध लेख्ने कार्यकर्तामाथि कारबाही गर्ने कांग्रेसको निर्णय

काठमाडौं : नेपाली कांग्रेसले सामाजिक सञ्जालमा पार्टी र नेतृत्वको विरुद्धमा लेख्ने तथा त्यस्ता सामग्री शेयर गर्ने कार्यकर्ता पदमुक्त हुनेगरी कारबाहीमा पर्ने निर्णय गरेको छ।

केन्द्रीय कार्य समिति बैठकको अन्तिममा सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जालमा पार्टी र नेतृत्वविरुद्ध बोल्ने लेख्नेलाई कारबाही गर्ने प्रस्ताव निर्णयमा माइन्युट गर्न महामन्त्री विश्वप्रकाश शर्मालाई दिर्नेशन दिएका हुन्।

यसअघि बैठकमा प्रवक्ता डा.प्रकाश शरण महत र केन्द्रीय सदस्य राजीव ढुंगानाले सामाजिक सञ्जालमा नेता र नेतृत्वविरुद्ध जथाभावी लेख्ने, आरोप लगाउने तथा कांग्रेसका नाममा अनधिकृत अकाउन्ट चलाएर निश्चित नेतालाई आरोपित गर्नेमाथि अनुशासनको कारवाहीको निर्णय हुनुपर्ने बताएका थिए।

महामन्त्री शर्माको प्रस्तावमा सो विषय नसमेटिएपछि बैठक समापनका बेला महतले पुनः देउवाको ध्यानाकर्षण गराएपछि सो निर्णय हुने व्यहोरा सभापतिले सुनाएका हुन्।

साउन १०, २०८० बुधबार १९:२८:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।