सर्लाहीमा मोटरसाइकलको ठक्करबाट ८ वर्षीया बालिकाको मृत्यु

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट ८ वर्षीया बालिकाको मृत्यु

सर्लाही : जिल्लामा मोटरसाइकलको ठक्करबाट आठ वर्षीया बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा पर्सा गाउँपालिका–४ का हरिवीरेन्द्र पासवानकी ८ वर्षीया छोरी मनिशा कुमारी पासवान रहेकी छन्।

हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट उनको बुधबार विहान मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएकी उनको स्थानीय बौदीमाई पोली क्लिनिकमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घाइते भएकी एक जना ८ वर्षीया बालिकाको सोही क्लिनिकमा उपचार भइरहेको छ।

हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ।

साउन १०, २०८० बुधबार १८:००:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।