एमालेको अवरोधपछि १५ गतेसम्मका लागि संसद् बैठक स्थगित

एमालेको अवरोधपछि १५ गतेसम्मका लागि संसद् बैठक स्थगित
फाइल तस्बिर

काठमाडौं : प्रमुख प्रतिपक्षी एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि संसद् बैठक स्थगित भएको छ।

सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गर्र्दै एमालले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको हो।

एमालेको अवरोधपछि सभामुख देवराज घिमिरेले साउन १५ गतेसम्मका लागि बैठक स्थगित गरे।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले बेल घेराउ गर्दै सुन तस्करलाई कारवाही गर, उच्चस्तरीय छानविन समिति गठन गर भन्दै नाराबाजी गरेका थिए।

साउन १०, २०८० बुधबार १७:०८:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।