ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राख्न अनुमति

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं : ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

काठमाडौं जिल्ला अदालतले बुधबार हिरासतमा राख्न म्याद थपेको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले हालसम्म २२ जनालाई पक्राउ गरेको छ।

सरकारी कीर्ते र संगठित अपराधमा अनुसन्धान भइरहेको छ।

अझै बढीमा ३० दिन हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने समय सीआईबीलाई छ।

साउन १०, २०८० बुधबार १६:२९:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।