विमानस्थलबाट सुन भित्र्याउन माओवादी उपाध्यक्ष महराका बाउछोराको संलग्ता रहेको एमालेको आरोप

विमानस्थलबाट सुन भित्र्याउन माओवादी उपाध्यक्ष महराका बाउछोराको संलग्ता रहेको एमालेको आरोप

काठमाडौं : एमालेले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा सुन तस्करीमा जोडिएको आरोप लगाएको छ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले विमानस्थलभित्रको सुरक्षा व्यवस्था कमजोर बनाएर क्वीटलका स्वीटल सुन भित्र्याउँने काम भइरहेको बताए।

उनले विमानस्थलबाट सुन भित्र्याउनका लागि माओवादी केन्द्रकै उपाध्यक्ष कृष्णबहादुर महराको बाउछोराको संलग्नता रहेको आरोप लगाए।

उनले भने- ‘सत्तापक्षकै दलका नेता कृष्णबहादुर महरा र उनका छोरामाथि सुन प्रकरणमा छानबिन गर्नुपर्छ, ठूला माछा उम्कने, सानालाई खोजीखोजी कारबाही गर्ने? गृहमन्त्री पदमा बस्न योग्य हुनुहुन्न। गृहमन्त्रीले राजीनामा दिनुपर्छ।’

सत्ताको आडमा महरामाथि सुन प्रकरणमा छानविन नभएको उनको भनाइ छ।

साउन १०, २०८० बुधबार १५:१९:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।