ठगी आरोप लागेका श्रीमान् सम्पर्कमा नभएको उपप्रमुख विकको दाबी
काठमाडौं : सुर्खेतको गुर्भाकोट नगरपालिकाकी उपप्रमुख मैना विकले विदेश पठाइदिन्छु भन्दै १९ जनासँग दुई–दुई लाख रुपैयाँ ठगीको आरोप लागेका श्रीमान् कमानसिंह कामी असार १० गतेदेखि परिवारको सम्पर्कमा नरहेको दाबी गरेकी छन्।
मंगलबार उकेरामा ‘उपमेयरका श्रीमान् नै विदेश पठाइदिन्छु भन्दै ठगी धन्दामा, १९ जनासँग दुई–दुई लाख बढी उठाएर फरार’ शीर्षकको समाचार प्रकाशित भएपछि त्यसको खण्डन पठाउँदै उनले असार १० गतेदेखि श्रीमान् परिवारको सम्पर्कमा नरहेको दाबी गरेकी हुन्।
खण्डनमा विकले १४ जनाले श्रीमान्को खातामा दुई–दुई लाख रुपैयाँ हालेको स्वीकार गर्दै सो रकम दाङका यामबहादुर विकका छोरा सुनिल विकको खातमा काठमाडौं पठाएको जिकिर गरेकी छन्।
उपप्रमुख संयोजक रहने नगरपालिकाको न्यायीक समितिमा असार १७ गते ‘वैदेशिक रोजगारीका लागि युरोपियन देश माल्टा पठाइदिन्छु भनी रकम लिई ठगी गरेको’ भन्दै उजुरी परेका थियो।
सो उजुरीका सन्दर्भमा समितिकी संयोजकसमेत रहेकी विकले पीडितहरूलाई उजूरीको विषय आफ्नो क्षेत्राधिकारभित्र नपर्ने, छलफलमा लागि आरोपित एकाघरको भएकाले विवाद हेर्न नमिल्ने बताएर कानूनबमोजिम गर्न सुझाव दिएको बताएकी छन्।
आफूले त्यसरी सुझाव दिँदा आफ्नो चरित्रहत्या हुनेगरी प्रचारबाजी गरेको भन्दै उनले आफू सधैं पीडितहरूको न्यायको पक्षमा रहेको दाबी गरेकी छन्।
उपप्रमुख विकले पठाएको खण्डनः
साउन १०, २०८० बुधबार १५:१३:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।