स्रोत नखुलेको ४८ लाख रुपैयाँसहित एक जना पक्राउ

स्रोत नखुलेको ४८ लाख रुपैयाँसहित एक जना पक्राउ

कपिलवस्तु : प्रहरीले स्रोत नखुलेको ४८ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–१ स्थित नयाँ टोल डेरा गरी बस्ने ४७ वर्षीय सुनिल कुमार गुप्ता रहेका छन्।

उनको साथबाट स्रोत नखुलेको विभिन्न दरको २४ लाख १३ हजार २ सय ५५ नेपाली रूपैयाँ र विभिन्न दरको १४ लाख ९४ हजार ९ सय २० भारु (२३ लाख ९१ हजार ८७२ नेपाली रुपैयाँ) गरी ४८ लाख ६ हजार १२७ रुपैयाँसहित मंगलबार दिउँसो प्रक्रेको हो।

उनले अवैध रूपमा भारतीय रूपैयाँको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनलाई पक्रिएको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

साउन १०, २०८० बुधबार १४:२२:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।