सितापाइलामा पार्किङमा राखेको बसभित्र १३ वर्षीया बालिका बलात्कृत

सितापाइलामा पार्किङमा राखेको बसभित्र १३ वर्षीया बालिका बलात्कृत
फाइल तस्बिर

काठमाडौं : १३ वर्षीया बालिकालाई पार्किङमा राखेको बसमा बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–२ पाँचधारा घर भई सोही नगरपालिका–६ फस्कु बस्ने ५१ वर्षीय मनोज महर्जन रहेका छन्। उनलाई मंगलबार दिउँसो प्रहरीले पक्रेको हो।

महर्जनले ती बालिकालाई सोही नगरपालिका–४ सितापाईलास्थित पार्किङमा राखेको हाल नम्बर नखुलेको बसभित्र लगि बलात्कार गरेको उजुरी परेको थियो।

सोही उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

साउन १०, २०८० बुधबार १४:०९:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।