ससुराली पुगेर श्रीमतीको हत्या

ससुराली पुगेर श्रीमतीको हत्या

 बारा : श्रीमतीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

२३ वर्षीया यास्मिन खातुनको हत्या अभियोगमा भारत बिहार प्रान्तको पूर्वी चम्पारण ग्राम पञ्चायत पकडी-१४ रुपौलिया बस्ने २६ वर्षीय मोहमद अमानुल्लाहलाई प्रहरीले बुधवार बिहान पक्राउ गरेको हो।

बाराको सिम्रौनगढ नगरपालिका-६ बयलहट्टी बजारस्थित माइती घरमा बस्दै आएकी यास्मिनलाई अमानुल्लाहले माइती घरमा आएर धारिलो हतियार प्रयोगगरी हत्या गरेको इलाका प्रहरी कार्यालय सिमरौनगढले जनाएको छ। 

साथै अमानुल्लाहलाई स्थानीयबासीले कुटपिट गर्दा घाइते भएका र प्रहरीको निगरानीमा जिल्ला अस्पताल कलैयामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

साउन १०, २०८० बुधबार १३:४१:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।