पोर्नसाइटजस्तो देखिएको भन्दै ट्विटरको नयाँ डोमेनमाथि इन्डोनेशियाले लगायो प्रतिबन्ध

पोर्नसाइटजस्तो देखिएको भन्दै ट्विटरको नयाँ डोमेनमाथि इन्डोनेशियाले लगायो प्रतिबन्ध

इन्डोनेशियाले एलन मस्कको एक्स डटकममाथि प्रतिबन्ध लगाएको छ। 

इन्डोनेसियाको सञ्चार तथा सूचना मन्त्रालयले यो साइटलाई प्रतिबन्धित गरेको जनाएको छ। यो डोमेन पहिले पोर्न साइट र जुवा जस्ता 'नकारात्मक' सामग्री उत्पादन गर्ने गरेको भन्दै आफ्नो देशले यसको प्रयोग गर्न नसक्ने बताएको हो। 

सरकारले कम्पनीलाई साइटबारे स्पष्ट पार्न सम्पर्क गरिरहेको पनि बताएको छ। 

मन्त्रालयका महानिर्देशक कान्सोङले मंगलबार स्थानीय सञ्चारमाध्यमसँग भने, 'पहिले हामीले ट्विटरका प्रतिनिधिहरूसँग कुरा गरेका थियौं र उनीहरूले हामीलाई ट्विटरले एक्स डटकम प्रयोग गर्ने भनेर पत्र पठाउनेछन्।'

ट्वीटरका मालिक एलन मस्कले हालै माइक्रोब्लगिङ प्लेटफर्मलाई एक्समा रिब्रान्ड गरेका थिए। रिब्रान्ड भएसँगै प्लेटफर्मको नाम र लोगो परिवर्तन भएको छ। उक्त लोगो र नामबारे अहिले विभिन्न प्रश्नहरू उठिरहेका छन्। रिब्रान्ड गरेसँगै एक्स डटकम रिडाइरेक्ट भएर ट्वीटरमा आउने बनाइएको छ ।

हाल इन्डोनेसियालीहरू पहुँचमा प्लेटफर्म छैन। इन्डोनेशियाका २७० मिलियन जनसंख्यामध्ये लगभग २४ मिलियन ट्विटर प्रयोगकर्ताहरू छन्।
 

साउन १०, २०८० बुधबार १३:२१:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।