होन्डाले नेपाली ब्जारमा ल्यायो सिटी ई एचईभी
काठमाडौं : होन्डाले नेपाली बजारमा सिटी ई एचईभी सार्वजनिक गरेको छ।
उपभोक्ताहरूमाझ लोकप्रिय होन्डा सिटी यसपाली नयाँ हाइब्रिड भेरिएन्टमा आएको छ।
द्रुत यक्सिल्रेसन, उत्कृष्ट फ्युल इकोनोमीका साथ नेपालमा कम्पनीले दिगो र पर्यावरण मैत्री सवारीका लागि कम्पनीले नयाँ मापदण्डहरू तय गरेको छ।
सिटी ई एचईभीको विशिष्ट विशेषतामध्ये एक एडभान्स्ड सेनसिङ्ग स्वीट रहेको छ। यो सवारीचालक तथा पैदलयात्री दुवैलाई मध्यनजर गरी डिजाइन गरिएको अत्याधुनिक सेफ्टी टेक्नोलोजी हो।
यस प्रविधि अन्तर्गत गाडीमा जोडिएको वाइड–एंगल फ्रन्ट क्यामेराले दूरीमा रहेका सम्भावित खतराहरूबारे चालकहरूलाई सचेत गराई दुर्घटनाहरूको जोखिमलाई कम गर्न मद्दत गर्छ।
प्याकेजमा भएको लेन–किपिङ असिस्ट र अटोनोमस इमर्जेन्सी ब्रेकिङले गाडीमा सवार तथा पैदल यात्री दुवैको सुरक्षा सुनिश्चित गर्दछ।
सिटी ई एचईभीको बारेमा थप जानकारी तथा टेस्ट ड्राइभका लागि आफ्नो नजिकको होन्डा कार शोरूम उपलब्ध रहेको कम्पनीले जनाएको छ।
साउन ९, २०८० मंगलबार २१:४१:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।