आईसीसीद्वारा हरमनप्रीत कौरलाई दुई अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध

आईसीसीद्वारा हरमनप्रीत कौरलाई दुई अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले भारतीय महिला क्रिकेट टोलीकी कप्तान हरमनप्रीत कौरलाई दुई अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लगाएको छ।

आचार संहिता उल्लंघन गरेको भन्दै आईसीसीले उनीमाथि दुई अन्तर्राष्ट्रिय खेलको प्रतिबन्ध लगाएको हो।

गत हप्ता बंगलादेशमा आईसीसी महिला च्याम्पियनसिप सिरिजको क्रममा ढाकामा भएको खेलमा कौरले आचारसंहिता उल्लङ्घनका दुई घटनाहरू गरेको आईसीसीले उद्धृत गरेको छ।

आईसीसीले कौरलाई म्याच फीको ७५ प्रतिशत जरिवाना यसअघि नै लगाएको थियो।

तेस्रो एकदिवसीय खेलमा क्याच आउट भएपछि कौरले अम्पायरको निर्णयमा आपत्ति जनाउँदै विकेटमा ब्याटले हानेकी थिइन्।

उनी यतिमा मात्रै रोकिइनन्, आफूले खेल नजित्नुको मुख्य कारण नै अम्पायरिङ भएको आरोप लगाइन्।

बंगलादेशकी कप्तान निगर सुल्तनासँग ट्रफी शेयर गर्ने क्रममा उनले अम्पायरलाई पनि साथमा ल्याउन भन्दै व्यङ्ग्य गरेकी थिइन्। त्यसपछि सुल्ताना त्यहाँबाट निस्केर हिँडेकी थिइन्।

साउन ९, २०८० मंगलबार १९:३९:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।