सेयर बजारमा मौद्रिक नीतिको नकारात्मक प्रभाव, नेप्से ३६ अंकले घट्यो , कारोबार पनि खुम्चियो

सेयर बजारमा मौद्रिक नीतिको नकारात्मक प्रभाव,  नेप्से ३६ अंकले घट्यो , कारोबार पनि खुम्चियो

काठमाडौं : राष्ट्र बैंकको मौद्रिक नीतिपछि सेयर बजार ओरालो लाग्न थालेको छ। मंगलबार परिसूचक नेप्से ३६ अंकले घट्यो। मंगलबार ३६.१९ अंकले घटेको नेप्से परिसूचक २१६४.३१ विन्दुमा झर्दा सेन्सेटिभ परिसूचक ७.६२ अंकले घटेर ४११.१६ विन्दुमा आइपुग्यो।

आइतबार ६३ अंकले बढेको बजार सोमबार पनि दोहोरो अंकले ओरालो लागेको थियो। यद्यपि कारोबार रकम ४ अर्बमाथिको थियो। तर, मंगलबार आइपुग्दा कारोबार रकम र बजार दुवैमा गिरावट आयो।

कारोबारका अन्य सूचकहरू पनि यसदिन राताम्मे रहे। होटल तथा पर्यटन समूह १.२२ प्रतिशतले बढ्दा बाँकी सबै समूह ओरालो झरे। सबैभन्दा बढी बैंकिङ समूह २.७५ प्रतिशतले घट्यो।

बजार घट्दा त्यसको प्रत्यक्ष असर कारोबारमा देखियो। यसदिन २६७ कम्पनीका ७७ लाख १६ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९१ करोड ७ लाख रुपैयाँको कारोबार भयो।

यस दिन सोल्टी होटलले १५ करोड र शिवम् सिमेन्टले १० करोडको कारोबार गरे। ग्लोबल आइएमई बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, नेपाल रिइन्स्योरेन्स कम्पनी र हिमालयन डिस्टिलरी लिमिटेडको कारोबार ७ करोड आसपास रह्यो।

यसदिन किसान लघुवित्तका लगानीकर्ताले १० प्रतिशतले कमाए। यसदिन उक्त कम्पनीमा सकारात्मक सर्किट लाग्यो।

साउन ९, २०८० मंगलबार १६:०७:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।