बिना अनुमति बनाएको भवन भत्किंदा ३७ जनाको ज्यान गयो

बिना अनुमति बनाएको भवन भत्किंदा ३७ जनाको ज्यान गयो

एजेन्सी : क्यामरुनको व्यापारिक केन्द्र दोउलास्थित एउटा चारतले भवन भत्किंदा ज्यान गुमाउनेको संख्या ३७ पुगेको छ भने अन्य २१ जना घाइते भएका छन्। 

आइतबार राति भएको उक्त घटनामा भत्केको भवन अर्को आवासीय भवनमा खसेको थियो। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ भने मृतकको सङ्ख्या बढ्नसक्ने बताइएको छ। 

घटनास्थल पुगेको क्यामरुनका सहरी विकासमन्त्री केचा कुर्टेसले भत्केको भवनका मालिकले बिना अनुमति घर बनाएको बताइन्।

 स्थानीय अस्पतालका अनुसार भवनको भग्नावशेषबाट जीवित उद्धार गरिएका १३ जनाको उपचार भइरहेको छ। ती मध्ये एक तीन वर्षीया बालिका र १९ वर्षकी युवतीको मृत्यु भएको छ।

भवन भत्केको खबर पाउने बित्तिकै घटनास्थल पुगेका एक जना समाजसेवीले एउटा शिशुलाई बिना कुनै चोटपटक सकुसल उद्धार गरिएको बताएका छन्।

साउन ९, २०८० मंगलबार १४:१२:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।