सोसल मिडिया एपमा बढ्दो प्रतिस्पर्धा, टिकटकले ल्यायो टेक्स्ट मात्र राख्ने सुविधा

सोसल मिडिया एपमा बढ्दो प्रतिस्पर्धा, टिकटकले ल्यायो टेक्स्ट मात्र राख्ने सुविधा

काठमाडौँ : प्रयोगकर्तालाई नयाँ सुविधा दिने प्रतिष्पर्धाकाविच लोकप्रिय सामाजिक सञ्जाल टिकटकले भिडियो र तस्बिरपछि अब प्रयोगकर्ताले शब्द मात्र राख्न सक्ने सुविधा समेत ल्याएको छ।

टिकटकले मङ्गलवारबाट भिडियो स्ट्रिमिङसँगै ‘टेक्स्ट वन्ली पोस्ट’ को सुविधा समेत ल्याएको हो। कम्पनीले अब प्रयोगकर्ताले टेक्स्ट मात्र पनि राख्न सक्ने सुविधा समेत थप भएको सार्वजनिक गरेको छ।

प्रारम्भमा निश्चित आकारको भिडियो मात्र पोस्ट गर्न मिल्ने गरी टिकटक आएको थियो। सो सुविधा लोकप्रिय भएपछि फोटोलाई भिडियोको रूपमा राख्न मिल्ने सुविधा थप भयो।

भिडियोको अवधि बढाएर अहिले १० मिनेटसम्मको भिडियो राख्न मिल्ने भइसकेको छ। प्रयोगकर्तालाई आकर्षित गर्न लाइभमा बस्ने र एकले अर्कालाई गिफ्ट दिन मिल्ने र गिफ्ट पछि क्यास गर्न सक्ने सुविधा ल्याएको थियो टिकटकले। अहिले अब ट्विटर अनि फेसबुक जस्तै आवश्यक परेमा टेक्स्ट मात्रै राख्न सकिने सुविधा थपेको हो।

यता अर्को लोकप्रिय सञ्जाल ट्विटरले सोमबारबाट आफ्नो निलो आकारको लोकप्रिय चराको लोगो बदलेर एक्स अक्षर राखेको छ।

एलन मस्क ट्विटरको सञ्चालक भएपछि उनले भेरिफाइड हुन शुल्क तिर्नुपर्ने लगायतका परिवर्तन गरेका छन् जसलाई प्रयोगकर्ताहरूले रुचाएका छैनन्। यही बिचमा अर्को सामाजिक सञ्जाल थ्रेड समेत सार्वजनिक भइसकेको छ।

साउन ९, २०८० मंगलबार १३:५८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।