रास्वपा बझाङ संयोजकको निर्देशनमा अपहरण र आक्रमणमा परे पत्रकार सुनिल मण्डेल

रास्वपा बझाङ संयोजकको निर्देशनमा अपहरण र आक्रमणमा परे पत्रकार सुनिल मण्डेल

काठमाडौं : सामुदायिक रेडियो खप्तड आवाज र नेपाल एंगल अनलाइनमा कार्यरत पत्रकार सुनिल मण्डेल अपहरणमा परेका छन्।

नेपाल पत्रकार महासंघ बझाङ शाखाका सदस्य उनलाई सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी बझाङ जिल्ला संयोजक नगेन्द्र खड्काको निर्देशनमा निजी निवासबाटै अपहरण गरी बन्दी बनाई आक्रमण गरिएको बताइएको छ।

खड्का होटल होलि डे इनका सञ्चालक पनि हुन्।

मण्डेलमाथि भएको कुटपिटको घटना प्रेस स्वतन्त्रता विरोधी काम भएको ठहर गर्दै नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

व्यक्तिगत वा विषयगत विमति भए समाधान गर्ने प्रशस्त ठाउँ र कानुनी उपचारको प्रकृया हुँदाहुदै गरेको प्रेस विरोधी कार्यको महासंघको जिल्ला अध्यक्ष शैलेन्द्र रोकायाले भर्त्सना गरेका छन्।

मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उनले अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नुको साटो पत्रकारलाई अमानवीय व्यवहार गरेको घटनाको यथासिघ्र छानबिन गरि दोषीलाई कडा कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन्।

साउन ९, २०८० मंगलबार १३:१७:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।