एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठ साउन २० र २१ मा

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठ  साउन २० र २१ मा

काठमाडौं : एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक यही साउन २० र २१  काठमाडौंमा बस्ने भएको छ।

बैठकले पार्टीको महाधिवेशनको मिति र स्थान तय गर्ने जनाइएको छ। पार्टीको पोलिटब्युरो सदस्य दिलु पन्तले आगामी माघ महिनामा पार्टीको महाधिवेशन सम्पन्न गरी देशभर सङ्गठनलाई थप विस्तार गर्ने तयारी भइरहेको जानकारी दिए।

बैठकले पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना तथा रणनीति तयार गर्ने उनले बताए। यही साउन १८ र १९ गते बस्ने पोलिटब्युरो बैठकमा पार्टीका सबै जनवर्गीय सङ्गठनको कार्यसम्पादनको समीक्षा गरिने जनाइएको छ।

अगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न सक्ने गरी पार्टीको संरचना र सामर्थ्य विस्तारका लागि आवश्यक राजनीतिक गतिविधिसमेत सञ्चालन गर्ने योजना बैठकले तयार गर्ने छ ।

यही साउन १६ र १७ गते पार्टीको स्थायी कमिटीको बैठक बस्ने छ। यही साउन १५ गते बस्ने सचिवालय बैठकले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको प्रस्ताव तयार पार्ने छ।

साउन ९, २०८० मंगलबार १०:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।