ओलीको प्रश्न : सुन तस्करी प्रकरणमा गृहमन्त्रीको संलग्नता छैन भने कसको छ?

ओलीको प्रश्न : सुन तस्करी प्रकरणमा गृहमन्त्रीको संलग्नता छैन भने कसको छ?

काठमाडौं : एमाले अध्यक्ष केपी ओलीले क्विन्टल सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ गैरजिम्मेवार भएको आरोप लगाएका छन्। 

कम्बोडियाबाट फर्किएपछि विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस प्रकरणमा गृहमन्त्रीको संलग्नता छैन भने कसको छ भनेर प्रश्न गरे।

‘नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुनुहुन्छ। उहाँले एयरपोर्टमा सुरक्षाको बन्दोबस्त गर्नुभएको छ की छैन? एयरपोर्टमा सेक्युरिटी गर्ने काम उहाँको हो की होइन?’ उनले प्रश्न गरे, ‘अनि क्विन्टलका क्विन्टल सुन बाहिर कसरी जान्छ। गृहमन्त्री कोटको गालामा र टारको गालामा काँक्रोका बियाँ टाँस्दै बस्छन्, मुखैका छेउमा गएर। यो अत्यन्त अनैतिक हो।’

‘गृहमन्त्रीको कृयाकलाप गैरजिम्मेवार हो। यस्ता गैर जिम्मेवार कुरा गरेर हिंड्ने। गृहमन्त्रीले बताउनुपर्यो, सानोतिनो संलग्नताबाट यो त भएको छैन होला, उहाँको संलग्नता छ छैन? छैन भने कसको संलग्नता छ? को छ यसमा?’ उनले थपे।

साउन ९, २०८० मंगलबार ०९:४८:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।