कालिखोलाको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड पुरै रोकियो

कालिखोलाको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड पुरै रोकियो

चितवन : नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–४ स्थित कालिखोलामा मंगलबार बिहान पहिरो खसेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार सो सडकखण्ड भएर चल्ने सवारीसाधन दुईतर्फी नै रोकिएका छन्।

‘पहिरो पन्छाउने क्रम सुरु गरिएको छ। पानी परिरहेकाले पहिरो पन्छाउन कति समय लाग्ने भन्न सकिंदैन,’ उनले भने।

साउन ९, २०८० मंगलबार ०८:२४:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।