नवलपरासी, रुपन्देही र चितवन क्षेत्रमा भारी वर्षा, तिनाउ नदी खतराको तहभन्दा माथि

नवलपरासी, रुपन्देही र चितवन क्षेत्रमा भारी वर्षा, तिनाउ नदी खतराको तहभन्दा माथि

काठमाडौं : जल तथा मौसम विज्ञान विभागका अनुसार हाल भरतपुर, नवलपरासी, चितवन, रुपन्देही, पाल्पा, दाङ लगायतका स्थानमा भारी वर्षा मापन गरिएको छ।

गए रातिदेखि रुपन्देही, नवलपरासी, पाल्पा, प्युठान र आसपासका स्थानमा भारी वर्षा भइरहेको छ। जसले गर्दा तिनाउ र पश्चिम राप्ती नदीमा बाढी आएको छ। 

अहिले भने चितवनको भरतपुर, देवघाट र रामपुर, नवलपरासीको देउराली, दाङको सुखबारे, पाल्पाको बाल्दाङगढी र आसपासको क्षेत्रमा पनि भारी वर्षा मापन भएको छ।

वर्षाका कारण नारायणी र बबाइ नदीको जल सतह बढ्ने विभागले बताएको छ। जल तथा मौसम विज्ञान विभागको सूचना अनुसार तिनाउ नदी बाढी मापन केन्द्र बुटबलमा जलसतहले खतरा तह पार गरेको छ।

त्यसैले विभागले नदीका तटीय क्षेत्र र आसपासका बासिन्दालाई सुरक्षित स्थानमा बस्न चेतावनी दिएको छ।

साउन ९, २०८० मंगलबार ०८:१८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।