यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

काठमाडौ‌ं : आज (म‌ंगलबार) गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेस, लुम्बिनी, गण्डकी  र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

राति भने सबै प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

साउन ९, २०८० मंगलबार ०७:१६:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।