सुन प्रकरणको अनुसन्धानका लागि विभागले माग्यो सहयोग, प्रहरीले पठायो एक जना एसपी

सुन प्रकरणको अनुसन्धानका लागि विभागले माग्यो सहयोग, प्रहरीले पठायो एक जना एसपी

काठमाडौं : राजस्व अनुसन्धान विभागले एक क्विन्टल सुन प्रकरणमा पाँच दिनपछि बल्ल नेपाल प्रहरीको सहयोग मागेको छ।

सुन प्रकरणमा प्रहरीलाई समेत सुईंको नदिइ छापा मारेको विभागले अन्ततः प्रहरीसँग सहयोग मागेको हो।

विभागबाट अनुसन्धानका लागि एक जना प्रहरी अधिकारीको माग भएपछि प्रहरीले मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसान पङ्गेनीलाई पठाइएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले उकेरालाई जानकारी दिए।

‘विभागबाट अनुसन्धानको लागि सहयोग माग्दै पत्र आएको थियो,’ उनले भने, ‘सोही पत्र आएपछि हामीले मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसपीलाई पठायौँ।’

अहिलेसम्म विभागले १६ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ। उनीहरुमाथि उच्च अदातबाट म्याद लिएर अहिले अनुसन्धान भइरहेको छ।

सम्बन्धित समाचार:

साउन ८, २०८० सोमबार २०:५१:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।