देउवाकै अघि गगनले भने- दलको नेता बदल्न लागिरहन्छु, पार्टी फुटाउने कुरा गरेको हो र?

देउवाकै अघि गगनले भने- दलको नेता बदल्न लागिरहन्छु, पार्टी फुटाउने कुरा गरेको हो र?

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेता बदल्ने काममा आफू लागिरहने बताएका छन्।

सोमबार पार्टी केन्द्रीय समितिको बैठकमा बोल्दै उनले संसदीय दलको नेता बदल्ने कुरा अहिलेको आवश्यकता भएकाले आफू अझै संसदीय दलको नेता फर्न लागिपर्ने बताए।

उनले पार्टी सभापति शेरबहादुर देउवाले आफू ५ पटक प्रधानमन्त्री बनिसकेकाले अर्को नेता पार्टीको संसदीय दलको नेता बनोस् भनेर आह्वान गर्ने अपेक्षा राखेको पनि उल्लेख गरे।

महामन्त्री थापाले आफूले पार्टी फुटाउने कुरा नगरेको भन्दै संसदीय दलको नेता फेर्ने कुरा गर्दा आत्तिन नपर्ने बताए।

उनले भने, ‘…साथीहरू किन आत्तिनुभएको? मैले पार्टी फुटाउने कुरा गरेको हो र? मैले त दलको नेता फेर्ने कुरा गरेको हो। सभापतिज्यूलाई यो कुरा ठीक हो भन्ने लागेको छ, वरिपरि बस्ने साथीलाई चिन्तित बनाएको छ। धेरै चिन्ता गर्नुपर्दैन। म बदल्न लागिरहन्छु, कसैले नसोध्नुहोला अब।’

साउन ८, २०८० सोमबार २०:१८:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।