चर्को विरोधका बीच इजरायलमा सरकारको निर्णय सर्वोच्चले उट्याउन नमिल्ने विधेयक अनुमोदन

चर्को विरोधका बीच इजरायलमा सरकारको निर्णय सर्वोच्चले उट्याउन नमिल्ने विधेयक अनुमोदन

एजेन्सी : चर्को विरोधका बीच इजरायलको संसदले न्यायिक प्रणालीमा सुधार गर्न ल्याइएको विधेयकलाई अनुमोदन गरेको छ।

विपक्षीले मतदान बहिष्कार गर्दागर्र्दै सत्ता पक्षले विधेयकलाई अनुमोदन गरेको हो।

संसदमा मतदान हुनुअघि इजरायलमा यस विधेयकको विरोधमा कडा प्रदर्शन भएको थियो।

विधेयकमा सहमतिका लागि सोमबार पनि वार्ता भए पनि त्यो असफल भएको थियो।

नयाँ ऐनमा सरकारका त्यस्ता निर्णयलाई आपत्तिजनक ठानेर उल्टाउने अधिकार सर्वोच्च अदालतबाट हटाइएको छ।

नयाँ कानून मार्फत न्याय प्रणालीमा यस्ता धेरै परिवर्तन भएका छन्।

परिवर्तनको विरोधमा इजरायलको इतिहासमा सबैभन्दा ठूलो प्रदर्शन भएको छ।

जेरुसेलममा मतदानको दिन संसद बाहिर प्रदर्शन गरिरहेका मानिसहरूलाई तितरबितर पार्न प्रहरीले पानीको फोहोरा प्रयोग गरेको थियो।

विपक्षीले यो विधेयक कानून बनेमा इजरायलमा लोकतन्त्र खतरामा पर्ने बताएका छन्।

विधेयकको समर्थनमा तर्क गर्दै सरकारले संशोधन गरेपछि शक्तिको असन्तुलन हट्ने बताएको छ।

पछिल्लो समय राजनीतिक निर्णयमा अदालतको हस्तक्षेप बढेको सरकारको धारणा छ।

साउन ८, २०८० सोमबार १९:४१:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।